Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते


  • 225
    Shares

    • images
    कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

    काठमाडौं । भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    आज बिहान फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीहरूलाई ठक्कर दिएको थियो ।

    उक्त दुर्घटनामा जिल्ला चितवन, भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष ३० की पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत रहेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १२:०३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij