Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

तलब वृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलब वृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द


  • 71
    Shares

    • images
    तलब वृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

    काठमाडौं । न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । 

    बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक क्षेत्रमा ठूलो संख्यामा श्रमिकले काम गर्न अस्वीकार गरेका छन् ।

    उनीहरू कतिपय सडकमा प्रदर्शनमा उत्रिएका छन् । तर, प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । आन्दोलनका कारण १०० भन्दा बढी कपडा कारखाना बन्द गर्नुपरेको छ ।

    बंगलादेशको तयारी पोशाक उद्योगलाई देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । करिब ३८ अर्ब अमेरिकी डलरको यस उद्योगले कुल निर्यात आम्दानीको झन्डै ८० प्रतिशत हिस्सा ओगटेको छ । यस क्षेत्रमा ४० लाखभन्दा बढीले रोजगारी पाएका छन् ।

    श्रमिकहरूले हाल कायम मासिक न्यूनतम पारिश्रमिक १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्‍याउन माग गरेका छन् । 

    यद्यपि, तलब बोर्डले नोभेम्बर ४ मा न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति जनाइसकेको छ । नयाँ तलबदर डिसेम्बरमा घोषणा गरी जनवरीदेखि लागु गर्ने तयारी छ ।

    यसैबीच, बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)ले उद्योग क्षेत्रमा जारी अशान्तिप्रति चिन्ता व्यक्त गरेको छ । संगठनका अधिकारीहरूले निरन्तरको विरोधले उद्योग, श्रमिक र समग्र अर्थतन्त्र प्रभावित भइरहेको बताएका छन् ।

    कारखाना सञ्चालकहरूले आन्दोलनका कारण उत्पादन प्रभावित भएपछि ‘नो वर्क, नो पे’ नीति लागु गर्नेबारे योजना बनाइरहेको बताइएको छ । राेयटर्स
     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - ११:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij