Logo

२०८३ कार्तिक २३ गते सोमवार

२०८३ कार्तिक २३ गते सोमवार

नेपाल प्रिमियर लिग

चितवनलाई हराउँदै काठमाडौ गोर्खाज शीर्षस्थानमा

चितवनलाई हराउँदै काठमाडौ गोर्खाज शीर्षस्थानमा


  • 211
    Shares

    चितवनलाई हराउँदै काठमाडौ गोर्खाज शीर्षस्थानमा
    images

    काठमाडौँ । चितवन राइनोजलाई पराजित गर्दै काठमाडौ गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को शीर्षस्थानमा उक्लिएको छ। 

    सोमबारको दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौँ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो। शीर्षस्थानमा उक्लिएसँगै काठमाडौँको प्लेअफ सम्भावना मजबुत बनेको छ। 

    पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार चौथो खेलमा जित निकाल्दै आठ अंक जोडेको छ। काठमाडौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो। 

    दोस्रो खेलमा कर्णालीलाई चार विकेटले हराएको काठमाडौंले तेस्रो खेलमा विराटनगर किंग्सलाई नौ विकेटले हराएको थियो। चौथो खेलमा लुम्बिनीलाई ३६ रनले पाखा लगाएको थियो। 

    यता काठमाडौंसँग पराजित भएपछि चितवनले दोस्रो स्थानमा उक्लिने मौका गुमायो। समान दुई खेलमा जित र हारको नतिजा निकालेको चितवनले लुम्बिनी लायन्ससँग भने वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो। 

    चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई आठ रनले हराएको थियो। सुदूरपश्चिमसँग भने पाँच विकेटले पराजित हुँदा पोखरालाई ३० रनले हराएको थियो।

    प्रकाशित मिति :कार्तिक २३ २०८३ सोमवार - २१:२५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij