Logo

२०८३ कार्तिक २३ गते सोमवार

२०८३ कार्तिक २३ गते सोमवार

पहिलो जितसहित पोखराले खोल्यो खाता, कर्णालीको तेस्रो हार

पहिलो जितसहित पोखराले खोल्यो खाता, कर्णालीको तेस्रो हार


  • 358
    Shares

    पहिलो जितसहित पोखराले खोल्यो खाता, कर्णालीको तेस्रो हार
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार जित हासिल गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न सोमबारको पहिलो खेलमा पोखराले कर्णालीलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । ३१ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

    त्यसैगरी, आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र सोमपाल कामीले २१ रन बनाए । बलिङतर्फ मेहदी हसनले ३ तथा धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए ।

    यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले युवराज सम्राको शतकीय पारीमा ३ विकेट गुमाएर २ सय १७ रन बनायो ।

    युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरे । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे ।

    बलिङतर्फ कर्णालीका सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए ।

    लिगमा यो पोखराको पहिलो जित हो । यसअघि खेलेका सबै चार खेलमा हार व्यहोरेको पोखराले पाचौँ खेलमा शानदार जित हासिल गरेको हो ।

    जितका बावजुद पोखरा अंक तालिकाको पुछारमा छ ।

    प्रकाशित मिति :कार्तिक २३ २०८३ सोमवार - १६:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij