Logo

२०८३ कार्तिक २४ गते मंगलवार

२०८३ कार्तिक २४ गते मंगलवार

नेपाल प्रिमियर लिग (एनपीएल): आज सुदूरपश्चिम र जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल): आज सुदूरपश्चिम र जनकपुर भिड्दै


  • 232
    Shares

    नेपाल प्रिमियर लिग (एनपीएल): आज सुदूरपश्चिम र जनकपुर भिड्दै
    images

    काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

    खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ ।

    आजको खेल दुवै टोलीलाई आगामी यात्राका लागि निकै महत्वपूर्ण रहेको छ । प्ले अफको सम्भावना कायम राख्न जनकपुरलाई आजको खेल जित्नै पर्ने दबाब छ भने सुदूरपश्चिम प्ले अफलाई थप सहज बनाउन चाहन्छ ।

    जारी लिगमा ५ खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहँदा समान खेल खेलेको जनकापुर ४ अंकका साथ पाँचौँ स्थानमा छ ।

    यसअघिका एनपीएल संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन र जनकपुरले एक खेलमा जित निकालेका छन् ।

    प्रकाशित मिति :कार्तिक २४ २०८३ मंगलवार - ०७:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij