२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुलेको छ । ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल रहेको खुलेको हो ।
यसैगरी सर्लाही चक्रघट्टा गा.पा. ४ सुन्दरपुरटोल बस्ने सुवेक यादवको पनि मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अन्यको पहिचान खुल्न बाँकी छ ।
राजधानीको टिकाथलीबाट छठ मनाउन ईभी गाडी रिजर्भ गरेर गाउँ फर्कँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी भीमफेदी–६ मा दुर्घटनामा परेको थियो । बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो ।
दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने घाइते हुनेको सङ्ख्या ६ पुगेको छ ।
घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन् । एक जना घाइतेको नाम भने खुल्न बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij