Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

भिरबाट खसेपछि ब्युँझिए मुकेश, निद्रामै थिए सबै यात्रु

भिरबाट खसेपछि ब्युँझिए मुकेश, निद्रामै थिए सबै यात्रु


  • 267
    Shares

    भिरबाट खसेपछि ब्युँझिए मुकेश, निद्रामै थिए सबै यात्रु
    images

    काठमाडौं ।  छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीस्थित घर फर्किंदै गरेका यात्रु सवार माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    सर्लाहीको चन्द्रघट्टा गाउँपालिका–४ का मुकेश यादव पनि उक्त माइक्रोबसमा सवार थिए । उनी बुधबार राति करिब २ बजे छठ पर्व मनाउन घर फर्किने क्रममा हाइस चढेका थिए । उनीसँगै एउटै गाउँका छिमेकी र आफन्तहरू पनि यात्रामा थिए ।

    बिहीबार बिहान करिब ५:४५ बजे मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनाका बेला अधिकांश यात्रु निदाइरहेका थिए ।

    मुकेश पनि निद्रामै थिए । गाडी कसरी सडकबाट तल खस्यो भन्नेबारे उनलाई कुनै जानकारी भएन । गाडी भिरमा खसेर पल्टिएपछि मात्रै उनी ब्युँझिएका थिए ।

    हेटौँडा अस्पतालमा उपचाररत मुकेशले दुर्घटनाको क्षण सम्झँदै भने, ‘हामी सबै जना सुतेका थियौँ । तल खसेपछि मात्रै गाडी दुर्घटना भएको थाहा भयो । गाडीसँगै तल पुगेका थियौँ ।’

    मुकेशका अनुसार छठ पर्वका लागि घर फर्किने योजना बनाएर एउटै गाउँका छिमेकी र आफन्तहरूले फोनमार्फत गाडीको सिट रिजर्भ गरेका थिए । उनले आफूले चिनेका दुई परिवारका सदस्यसहित अन्य यात्रु पनि गाडीमा रहेको बताए ।

    उनी यसअघि पनि सोही गाडीमा यात्रा गरिसकेका थिए । चालकलाई समेत पहिलेदेखि चिन्ने भएकाले यसपटक पनि त्यही गाडी रोजेका थिए । तर, यसपटकको यात्रा भने कहिल्यै नबिर्सिने दुर्घटनामा परिणत भयो ।

    चालक निदाएका थिए वा अन्य कुनै कारणले दुर्घटना भयो भन्नेबारे मुकेशलाई जानकारी छैन । आफू निदाइरहेकाले दुर्घटनाको कारण थाहा नपाएको उनले बताएका छन् ।

    दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

     

     

     

     

     

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - ११:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij