Logo

२०८३ कार्तिक २३ गते सोमवार

२०८३ कार्तिक २३ गते सोमवार

३ जना सवार मोटरसाइकल भिरबाट खस्यो, १ पुरुष र २ महिलाको मृत्यु

३ जना सवार मोटरसाइकल भिरबाट खस्यो, १ पुरुष र २ महिलाको मृत्यु


  • 64
    Shares

    ३ जना सवार मोटरसाइकल भिरबाट खस्यो, १ पुरुष र २ महिलाको मृत्यु
    images

    त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको खनियाबासका ४७ वर्षीय बुद्धिमान तामाङ तथा विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगर रहेका छन् ।

    प्रहरीका अनुसार मोटरसाइकल खड्कथोक भन्ने स्थानमा पुग्दा अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । उक्त मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

    प्रकाशित मिति :कार्तिक २३ २०८३ सोमवार - १५:०६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij