२०८३ कार्तिक २३ गते सोमवार
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोच थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
यस्तो छ पाँच दिनसम्मको मौसम प्रक्षेपण :
२०८३ कार्तिक २३ गते (सोमबार)
दिउँसोः देशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः देशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
२०८३ कार्तिक २४ गते (मंगलबार)
दिउँसोः देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः देशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक २५ गते (बुधबार)
दिउँसोः कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः देशको हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक २६ गते (बिहीबार)
देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक २७ गते (शुक्रबार)
देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी साथै लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij