Logo

२०८३ कार्तिक २३ गते सोमवार

२०८३ कार्तिक २३ गते सोमवार

पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु

पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु


  • 540
    Shares

    पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु
    images

    काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका २ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।

    आज बिहान ८ बजे स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लागेर घाइते भएका थिए ।

    घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले बिहान ०८:४५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :कार्तिक २३ २०८३ सोमवार - ११:४५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij