Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य


  • 120
    Shares

    चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य
    images

    काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ रनको योगफल तयार पारेको हो। 

    ओपनर अर्जुन साउद र डेविड मलानले पहिलो विकेटका लागि ८.६ ओभरमा ६० रनको साझेदारी गर्दै चितवनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। २७ बलमा २ चौका १ छक्का सहयोगमा ३१ रन बनाएका अर्जुन विपिन खत्रीको बलमा एलबीडब्लु धरापमा परे। 

    डेविड मलान २८ बलमा ३ चौका सहयोगमा २८ रन बनाउँदा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए। कुशल मल्लले ११ र डान मुस्लीले २ रन थपे। 

    पाचौँ विकेटका लागि रवि बोपारा र सिकन्दर राजाले ६० रनको साझेदारी गरे। २८ बलमा ३ चौका र १ छक्का सहयोगमा ३५ रन बनाएका रवि चमिका करुणारत्नेको बलमा विपिन खत्रीको हातबाट क्याच आउट भए। 

    त्यस्तै, १६ बलमा २ चौका र ४ छक्का हानेका राजा ३७ रन बनाउँदा करुणारत्नेको बलमा क्याच आउट भए। कमल ऐरी ४ रनमा अविजित रहे। पोखराका लागि चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए। केहीबेरमा पोखराले जवाफी ब्याटिङ गर्नेछ। 

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १८:५८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij