२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने RFID प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिनेछ ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ । सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित Tag बाट आफैं कट्टा भई गेट खुल्ने हुँदा यात्रुले लाइनमा पर्खनु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव पाउनेछन ।
सवारीधनीहरूले बैंकका जुनसुकै शाखामा गई एन–ट्याग लिन सक्नेछन । N-Tag मा eSewa, Fonepay Hub, तथा बैंकको मोबाइल बैंकिङ्ग सेवाबाट रिचार्ज गर्न सकिनेछ । बैंकले यो सेवा काठमाडौंभित्र मात्र नभई देशभरका शाखा सञ्जाल मार्फत उपलब्ध गराएको छ, जसले गर्दा उपत्यका बाहिरका सवारीधनीहरूले समेत आफ्नै नजिकको शाखाबाट सहजै एन–ट्याग जडान गर्न सक्नेछन ।
“नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो । आफ्नो फराकिलो शाखा सञ्जाल मार्फत सर्वसाधारणसम्म यो सेवा पु¥याउन सानिमा बैंक प्रतिबद्ध छ,” सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल ले भने ।
एन–ट्याग तथा यस सम्बन्धी थप जानकारीका लागि नजिकैको सानिमा बैंक शाखामा वा बैंकको ग्राहक सेवा वा ९८४७६९४५१० मा सम्पर्क गर्न सकिनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij