२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र गतिमा अघि बढिरहेको जनाएको छ।
कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा आगामी मंसिरमा हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने प्रस्ताव गरिएको छ। यद्यपि भ्रमणको मिति भने औपचारिक रूपमा निश्चित भइसकेको छैन।
प्रवक्ता अर्यालले भ्रमणका क्रममा उठाइने विषयवस्तु तथा एजेन्डाबारे परराष्ट्र मन्त्रालय र सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको बताए।
यसैबीच, भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहत कार्यमा भारतले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेको पनि अर्यालले जानकारी दिए।
बाढीपछिको उद्धार तथा राहतमा भारतले 'फर्स्ट रेस्पोन्डर' का रूपमा पुर्याएको सहयोगको प्रधानमन्त्रीले प्रशंसा गरेका थिए।
प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij