Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेपाली कांग्रेसका जनसम्पर्क समितिका सात केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसका जनसम्पर्क समितिका सात केन्द्रीय सदस्य निर्वाचित


  • 365
    Shares

    नेपाली कांग्रेसका जनसम्पर्क समितिका सात केन्द्रीय सदस्य निर्वाचित
    images

    काठमाडौं । नेपाली कांग्रेसका जनसम्पर्क समितिका सात केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 

    कांग्रेसको १५औं महाधिवेशनमार्फत पहिलो पटक जनसम्पर्क समितितबाट केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो। निर्वाचन समितिका अनुसार महिलातर्फ सीता सापकोटा र चन्द्रा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सापकोटाले तीन हजार ११३ मत ल्याउँदा अधिकारीले दुई हजार ८९६ मत पाइन्। 

    यस्तै जनसम्पर्क समितिअन्तर्गतको युरोप क्षेत्र केन्द्रीय सदस्यमा जितेन्द्रविक्रम शाही निर्वाचित भएका छन्। उनले एक हजार ४१२ मत पाए। जनसम्पर्क समितिअन्तर्गतको ओसियाना–अमेरिका क्षेत्रको केन्द्रीय सदस्यमा विद्याभूषण कार्की निर्वाचित भएका छन्। कार्कीले एक हजार ९५१ मत पाए। 

    मध्यपूर्व क्षेत्रमा पुरुषोत्तम खनाल दुई हजार ९४ मत ल्याएर निर्वाचित भएका छन् भने प्यासिफिक क्षेत्रमा डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले एक हजार ९२० मत पाएका छन्। 

    भारतबाट बालकृष्ण पाण्डे केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले तीन हजार ८२७ मत पाएका छन्। 

    कांग्रेसले विधान संशोधन गरेर जनसम्पर्क समितितर्फ महिला दुईसहित सात केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ। यस महाधिवेशनमा २१ वटा जनसम्पर्क समिति सहभागी थिए।

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - १४:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij