२०८३ मंसिर ११ गते शुक्रवार
नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।
संघको बिहीबार सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। साधारणसभाले बैंकर्स संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्।
साधारणसभाले चार जना नयाँ कार्यकारिणी सदस्यसमेत निर्विरोध चयन गरेको छ। सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षका रूपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला रहनेछन्।
त्यस्तै, सदस्यहरूमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर रहेका छन्।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा संघको सल्लाहकारमा रहनेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij