२०८३ मंसिर ११ गते शुक्रवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह जिल्ला गोरखास्थित एक 'होमस्टे'बाट बिहे गर्ने भएका छन् । गृहमन्त्री सचिवालयका एक सदस्यका अनुसार १७ मंसिरमा बिहे हुन लागेको हो ।
विवाह पूर्ण रुपले गुरुङ परम्पराअनुसार हुने र त्यसमा थोरै व्यक्ति मात्रै सहभागी हुने गरी तयारी थालिएको ती सदस्यले बताए । उनले भने, ‘रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पनि बिहेमा सहभागी हुनुहुनेछ ।’
गृहमन्त्रीले निकटस्थलाई बताएअनुसार हाल परम्परागत रूपमा विवाह गर्ने भनिएकी युवतीसँग दुई वर्षअघि नै 'कोर्ट म्यारिज' गरेका थिए । त्यसलगत्तै अमेरिका पुगेकी युवती उतै व्यवसायमा संलग्न थिइन् । लामो समयदेखिको छलफलपछि ती युवती परम्परागत रूपमा बिहे गर्न तयार भएको र अब अमेरिका छाडेर यतै बस्ने गरी फर्कने निकट स्रोतले बतायो ।
गृहमन्त्रीले बिहे हुने गाउँ भने सार्वजनिक गरिसकेका छैनन् । गृहमन्त्री सचिवालयका एक सदस्यले बिहे हुने गाउँलाई 'वेडिङ डेस्टिनेसन' बनाउन सकिन्छ भन्ने सोचका साथ यो योजना बनाइएको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij