२०८३ मंसिर ११ गते शुक्रवार
काठमाडौं । आफ्ना श्रीमान् इनम सापकोटालाई जबर्जस्ती बयान दिन लगाइएको भन्दै इनम सापकोटाकी श्रीमती कविता पाण्डेले मानवअधिकार आयोगमा उजुरी दिएकी छन् ।
कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठविरुद्ध जबर्जस्ती बयान दिन लगाएको भन्दै पाण्डेले आयोगमा उजुरी दिएकी हुन् ।
हालै इनमले गगन थापा, चोलेन्द्र शमशेर र उमेश श्रेष्ठका बारेमा दिएको भनिएको बयानको अडियो सार्वजनिक भएको थियो । अडियोमा कांग्रेसको आधिकारिकता दिलाउने विषयमा १८ करोडको लेनदेन भएको दाबी गरिएको छ । तर, यो अडियोसहितको अन्य बयान जबर्जस्ती दिन लगाइएको भन्दै इनमकी श्रीमती पाण्डेले आयोगमा उजुरी दिएकी हुन् ।
उजरीमा बयान दिए छोडीदिने नत्र परिवारलाई समेत नराम्राे हुन्छ भनी धम्की दिइएको उल्लेख छ । आँखामा पट्टी बाँधेर बयान दिन लगाइएको दाबी पनि उजुरीमा गरिएको छ ।
हेर्नुहोस् उजुरी :




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij