Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

दिल्लीमा ककरोच जनता पार्टीका संस्थापकसहित ६०० समर्थक पक्राउ

दिल्लीमा ककरोच जनता पार्टीका संस्थापकसहित ६०० समर्थक पक्राउ


  • 344
    Shares

    दिल्लीमा ककरोच जनता पार्टीका संस्थापकसहित ६०० समर्थक पक्राउ
    images

    काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरव दासलाई दिल्ली विमानस्थलमा विमानभित्रैबाट नियन्त्रणमा लिइएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरावलोकन (एसआईआर) रोक्न माग गर्दै जन्तर मन्तरमा हुने प्रदर्शनमा सहभागी हुन उनीहरू दिल्ली पुगेका थिए ।

    युट्युबर ध्रुव राठीलाई गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिइएको छ । राजधानीका विभिन्न स्थानबाट सीजेपीका अन्य ६०० समर्थकलाई पनि पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

    पार्टीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले प्रहरी आफ्नो घर पुगेको र आफू सवार कारलाई घेरा हालेको भिडियो सार्वजनिक गरिएको छ । उनका अनुसार प्रहरीले माथिबाट आदेश आएको भन्दै घरमै बस्न भनेको थियो । कारमा आफूहरूसहित तीन महिला रहेको उनले बताएकी छन् ।

    प्रदर्शनमा सहभागी हुन जन्तरमन्तरतर्फ गइरहेका सीजेपी समर्थकलाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । सवारीसाधन रोक्न सडकमा व्यारिकेड राखिएको छ ।

    प्रदर्शनअघि राजधानीमा करिब ४३ हजार प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले सडकमा अवरोध राख्नुका साथै केही मेट्रो स्टेसनका प्रवेशद्वार बन्द गरेको छ । नयाँ दिल्ली क्षेत्रमा सभा तथा प्रदर्शन रोक्न शुक्रबार भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागु गरिएको थियो ।

    यसअघि ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गर्ने र दुई प्रमुख रेल स्टेसनमा सेवा रोक्ने आदेश दिइए पनि सर्वोच्च अदालतले यातायात सेवा पूर्ण रूपमा बन्द नगर्न निर्देशन दिएको थियो ।

    सीजेपीको प्रदर्शनलाई अघिल्लो ‘ककरोच आन्दोलन’को दोस्रो चरण मानिएको छ । परीक्षामा अनियमितताको विरोधमा भएको पहिलो आन्दोलनपछि भारतका शिक्षा मन्त्रीले राजीनामा दिएका थिए ।

    प्रकाशित मिति :आश्विन २४ २०८३ शनिवार - १४:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij