Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

आज (शुक्रबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (शुक्रबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 449
    Shares

    आज (शुक्रबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर ९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–चतुर्दशी, बेलकी ९ बजेर १ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराफाल्गुनी, बेलुकी ९ बजेर ५५ मिनेट उप्रान्त हस्त । योग–ब्रम्ह, रातको १२ बजेर ५५ मिनेट उप्रान्त ऐन्द्र । करण–भद्रा, बिहान ९ बजेर २५ मिनेट उप्रान्त शकुनी, बेलुकी ९ बजेर १ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–सिंह । चतुर्दशी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३९ मिनेट । दिनमान २९ घडी ८ पला ।

    आजको बार बेला ।

    • बिहान ६ बजेर १ मिनेटसम्म चर बेला ।
    • बिहान ६ बजेर २ मिनेटदेखि बिहान ७ बजेर २८ मिनेटसम्म लाभ बेला ।
    • बिहान ७ बजेर २९ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
    • बिहान ८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
    • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म शुभ बेला ।
    • बिहान ११ बजेर ५१ मिनेटदेखि दिउँसो १ बजेर १८ मिनेटसम्म रोग बेला ।
    • दिउँसो १ बजेर १९ मिनेटदेखि दिउँसो २ बजेर ४५ मिनेटसम्म उद्वेग बेला ।
    • दिउँसो २ बजेर ४६ मिनेटदेखि बेलुकी ४ बजेर १२ मिनेटसम्म चर बेला ।
    • बेलुकी ४ बजेर १३ मिनेटदेखि बेलुकी ७ बजेर १२  मिनेटसम्म रोग बेला ।

    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    बिहान १० बजेर २२ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर २५ मिनेटदेखि बिहान ५ बजेर १३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

     

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    सामाजिक क्षेत्रमा हात अघि बढ्नेछ। आँटे-ताकेको पूरा होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    शुभ समाचार सुन्न पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। बन्द-व्यापार र पेसा-व्यवसायको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता मिल्नेछ। मन्त्र- डरको सीमा तोड्नु नै नाफाको पहिलो पाइला हो।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    आहार-विहारमा सावधानी अपनाउनु पर्नेछ। नयाँ कार्यको योजना बन्नेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला। साँझमा भने साथ सहयोग मिल्ने र मन प्रसन्न रहनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    स्थान परिवर्तनका विशेष योग देखिन्छन्। दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुन सक्छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। मन्त्र- बाटो आफैँ बन्छ, मात्र हिँड्ने आँट चाहिन्छ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै रमणीय क्षेत्रमा घुमफिरको योग छ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। पराक्रम बढ्नुका साथै धनलाभको योग छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्रा पनि हुन सक्छ। व्यापार, वैदेशिक कार्य र शिक्षामा सफलता मिल्नेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    दिन त्यति राम्रो देखिँदैन, पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    नयाँ सम्बन्ध जोडिन सक्छ। मन मिल्ने साथीको सहयोग पाइनेछ। क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। व्यापार-व्यवसायमा घाटा हुन सक्छ। वृश्चिक राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। 

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    जोस, जाँगर र हिम्मत बढ्नेछ। धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ। स्थिर सोच र शान्ति सफलताको कडी हो भन्ने नबिर्सनु होला।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    कहीँकतैबाट कुनै उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वाहन वा भूमिबाट लाभ रहला। भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार भन्ने बुझ्नु पर्छ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। सहकर्मीले विरोध गर्न सक्छन्। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ। पुँजी बजारमा नोक्सानी हुन सक्छ। आँटेको काममा ढिलासुस्ती होला।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइनेछ। प्रेमीको सहयोग रहनेछ। साँझमा भने झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - ०७:०९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij