२०८३ आश्विन २३ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उमेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार राति उमेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।
उमेदवारको अन्तिम नामावलीअनुसार पार्टी सभापतिमा दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन् ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केही पदहरूमा भने निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापति (एक पद) मा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महिला-१ उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार अन्य पदाधिकारीका लाग भने चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सदस्य सचिव कटुवालका अनुसार केन्द्रीय सदस्य काठमाडौं उपत्यका-१ जनामा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij