२०८३ आश्विन २० गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय बढाएर साँझ ६ बजेसम्म कायम गरेको जनाएको छ।
निर्धारित समयभित्र केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मनोनयनपत्र दाखिला गर्न निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आइतबारदेखि काठमाडौंमा भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij