Logo

२०८३ मंसिर ५ गते शनिवार

२०८३ मंसिर ५ गते शनिवार

सरकारले गर्‍यो ३२ जना सहसचिव सरुवा, को कहाँ पुगे ?

सरकारले गर्‍यो ३२ जना सहसचिव सरुवा, को कहाँ पुगे ?


  • 813
    Shares

    • images
    सरकारले गर्‍यो ३२ जना सहसचिव सरुवा, को कहाँ पुगे ?

    काठमाडौँ । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका ३२ जना सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ। 

    शुक्रबार  बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार विभिन्न मन्त्रालय, प्रदेश, आयोग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

    निर्णयअनुसार वीरगञ्ज महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। अर्थ मन्त्रालयमा कार्यरत सहसचिव निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। 

    यसअघि वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृत रहेका बसन्त बहादुर बोहरालाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ। यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्मालाई हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने त्यहाँ कार्यरत टेक बहादुर वलीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

    यसैगरी गृह र अर्थ मन्त्रालयसहित संवैधानिक निकायहरूमा समेत सहसचिवहरूको व्यापक जिम्मेवारी परिवर्तन गरिएको छ। गृह मन्त्रालयका मदन कोइराला र कोशी प्रदेशका प्रदेश सचिव अस्मान तामाङलाई राष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने गृहकी सहसचिव स्किम श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ। 

    गृह मन्त्रालयबाट विनु बज्राचार्य कुँवरलाई सूचना तथा सञ्चार मन्त्रालय, प्रदीप कुमार कोइरालालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र इन्द्र देव यादवलाई अर्थ मन्त्रालय पठाइएको छ। उता मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका प्रदेश सचिवहरू क्रमशः वीरेन्द्र कुमार मिश्र, गिता कुमारी होमेगाईं र विमल प्रसाद बरालसहित दीपक लामिछाने, तुलसी राम भट्टराई र शिव प्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गतको जिम्मेवारी दिइएको छ।

    1-1.jpg2-2.jpg3-1-1024x791.jpg

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - २०:३३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij