२०८३ मंसिर ५ गते शनिवार
काठमाडौँ । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा एक पुरुषलाई तीन महिलाले आफ्नो श्रीमान दाबी गरेपछि हंगामा भएको छ ।
मलेसियाबाट फर्किएका ती पुरुषलाई स्वागत गर्न विमानस्थल पुगेका तीनै महिलाले आफू उनको कानुनी श्रीमती भएको दाबी गरेका थिए । पुरुष विमानस्थलबाट बाहिरिने क्रममा कसले उनलाई घर लैजाने भन्ने विषयमा विवाद सुरु भएको थियो ।
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा तीनै महिलाले पुरुषलाई आफ्नो श्रीमान भन्दै तानातान गरेको देखिन्छ । उनीहरूबीच चर्काचर्की हुनका साथै हात हालाहालसमेत भएको थियो । विवादका क्रममा एक महिला रोएपछि भने अन्य दुई महिलाले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका थिए ।
घटनापछि विमानस्थलमा यात्रु तथा सर्वसाधारणको भीड लागेको थियो । विवाद बढ्दै गएपछि विमानस्थलका सुरक्षाकर्मीले हस्तक्षेप गरी उनीहरूलाई त्यहाँबाट बाहिर निकालेका थिए ।
बंगलादेशी सञ्चारमाध्यम इतिफाक र स्थानीय स्रोतका अनुसार घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । भिडियो हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न हास्यास्पद प्रतिक्रिया दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij