२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको छ। आज बजार बन्द हुँदा नेप्से परिसूचक २०.४८ अङ्कले घटेर २५६६.७६ विन्दुमा सीमित भएको छ।
आज समग्र कारोबार करिब साढे ३ अर्ब पुगेको छ। कुल ३५९ वटा कम्पनीका ९० लाख ३ हजार कित्ता सेयरहरू किनबेच हुँदा कुल ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । दिनभरमा कुल ४४ हजार ७७७ वटा कारोबार सम्पन्न भएका छन्।
आज ३२ कम्पनीको मूल्य उकालो लागेको छ । २४२ कम्पनीको मूल्य घट्दा चार कम्पनी स्थिर छन् । सबै कम्पनीमा पाँच प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ ।
आज सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको २२ करोड हुनु बाहेक अरूको कारोबार १० करोडभन्दा तल नै रहेको छ ।
फाइनान्स, होटल, हाइड्रो र इन्भेस्टमेन्ट क्षेत्र आज १ प्रतिशत भन्दा धेरैले घट्दा ट्रेडिङ बाहेक अन्य सबै सूचक एक प्रतिशत भन्दा कमले घटेका छन् । ट्रेडिङ भने सामान्य बढेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij