२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटीमा प्याज, गोलभेँडा, आलुसहित केही तरकारीको भाउ घट्दा भन्टासहितका कतिपय तरकारी महँगिएका छन्। तर, धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५ र ठूलो भारतीय गोलभेँडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ।
त्यसैगरी सानो लोकल गोलभेँडा ५५, रातो आलु लाम्चो ५६, भारतीय सुकेको प्याज ८७, लोकल गाँजर ११७, लोकल बन्दा ५०, स्थानीय काउली ११०, हाइब्रिड मुला ५५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तने बोडी १३२, मकै बोडी ११०, करेला ११६, लौका ९५, लोकल परबल ९५, घिरौँला ९५, हरियो डल्ले फर्सी ५५, पाकेको फर्सी ६५, भिन्डी ९५, स्कुस २५, पालुंगोको साग १७५, कन्य च्याउ २४२, डल्ले च्याउ ४२५, कुरिलो ७५० रुपैयाँ प्रतिकिलो छ।
यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य निकै बढी छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँमा बिक्री हुँदा भारतीय ठूलो गोलभेँडाको मूल्य थोकमै ९५ रुपैयाँ पुगेको थियो।
त्यसैगरी सानो लोकल गोलभेँडा ६४, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८९, लोकल गाँजर ११६, लोकल बन्दा ५५, स्थानीय काउली ११०, हाइब्रिड मुला ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि मकै बोडी ११०, करेला ९९, लौका ९५, लोकल परबल ९५, घिरौँला ९५, हरियो डल्ले फर्सी ५५, पाकेको फर्सी ६५, भिन्डी ९५, स्कुस २५, पालुंगोको साग १७५, कन्य च्याउ २३५, डल्ले च्याउ ४२५, कुरिलो ७५० रुपैयाँ प्रतिकिलो थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij