२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शुक्रवार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९० अंकले घटेर २,५८७ को विन्दुमा कायम भएको छ ।
आज ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यसको मूल्य ८.५५ प्रतिशत घट्यो । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशत घटेको छ ।
यसबाहेक मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर, सर्वोत्तम पेन्ट्स लगायत धितोपत्रको मूल्यसमेत धेरै घटेको छ । एसबीएल डिबेन्चरको मूल्य सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९को इकाई कारोबार भएको छ । आज यसको २६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १४ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij