२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन तोलामा २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij