Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

बस्नेतको निधनले एमाले केन्द्रीय सदस्यको शपथ स्थगित

बस्नेतको निधनले एमाले केन्द्रीय सदस्यको शपथ स्थगित


  • 498
    Shares

    बस्नेतको निधनले एमाले केन्द्रीय सदस्यको शपथ स्थगित
    images

    काठमाडौं । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण स्थगित भएको छ । 

    पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रम भोली असोज १६ गते दिउसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिएका छन् । 

    एमालेले अस्ती असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रीय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । 

     

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १०:४४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij