Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका

देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका


  • 295
    Shares

    देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा गर्न लागेको १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार आयोगमा बुझाएर दर्ता गरिएको नेता एनपी साउदले जानकारी दिएका छन्। 

    आयोगले पसिन देउवा समूहको महाधिवेशनको कार्यतलिकाबारे पत्र मंगलबार पत्र प्राप्त भएको जानकारी दिएको छ । पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख छ । 

    देउवा समूहले असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेको छ । 

    त्यसपछि मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका समूहले बाहिर ल्याएको छ । कांग्रेसभित्र समानान्तर रूपमा फरक–फरक महाधिवेशन प्रक्रिया अगाडि बढाइएको छ । 

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १६:३२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij