Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

देउवा समूहले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन

देउवा समूहले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन


  • 393
    Shares

    देउवा समूहले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन
    images

    काठमाडौं । नेपाली कांग्रेसको समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

    समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार ती जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।

    मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले जिल्ला अधिवेशन भने कात्तिक मसान्तसम्म सम्पन्न गर्ने समयसीमा तोकेको छ ।

    समूहले हालसम्म ३९ जिल्लामा अधिवेशन सम्पन्न गरी जिल्ला सभापति चयन गरेको जनाएको छ । नवनिर्वाचित सभापतिहरूमा ताप्लेजुङका अमरबहादुर सेन्दाङ, झापाका कृष्ण हुमागाईं, संखुवासभाका रामकुमार जिमी, भोजपुरका धर्मराज राई र खोटाङका रोजेन राई रहेका छन् ।

    त्यसैगरी धनुषामा कोमलकान्त झा, बारामा राजेशराय यादव, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत, चितवनमा मिलनबाबु श्रेष्ठ, कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल र स्याङ्जामा इन्द्रबहादुर गोदार सभापतिमा चयन भएका छन् ।

    अन्य जिल्लामा म्याग्दीका हिराबहादुर पुन, कपिलवस्तुका राजेश सिंह, अर्घाखाँचीका बाबुराम पौडेल, रोल्पाका मानबहादुर खत्री, प्युठानका देवेन्द्र बर्मा, दाङका गोपालराज शर्मा, रुकुम पश्चिमका नन्दबहादुर विष्ट र सल्यानका दीपक चन्द चयन भएका छन् ।

    त्यस्तै जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा नगेन्द्र विष्ट, दैलेखमा दिनेशकुमार हमाल, डोटीमा बाजिसिंह खड्का, दार्चुलामा सुरेन्द्रराज अवस्थी, बैतडीमा वीरबहादुर विष्ट र बझाङमा हर्कजंगबहादुर सिंह सभापति बनेका छन् ।

    यसैगरी उदयपुरमा बसन्तकुमार बस्नेत, रसुवामा उपेन्द्र लम्साल, बाँकेमा प्रमोद श्रेष्ठ, जाजरकोटमा रामजंग शाह, डडेलधुरामा डिल्लीराम जोशी, बाजुरामा धनराज पण्डित, काभ्रेपलाञ्चोकमा रमेशप्रसाद हुमागाईं, गुल्मीमा वेदबहादुर थापामगर, बर्दियामा जग्गाप्रसाद पाण्डे र ओखलढुंगामा डेकराज भट्टराई जिल्ला सभापतिमा चयन भएका छन् ।

    देउवा समूहले बाँकी जिल्लामा पनि तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - १४:४८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij