२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका नेता कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवाले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी हुने भएका छन् ।
देउवा समूहले समानान्तर रूपमा असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
संस्थापनले भने यही असोज १८ गते १५ औँ महाधिवेशनको उदघाटन गर्ने बताएको छ । र तल्लो तहका अधिवेशन गरिरहेको छ ।
नेता डा। कोइरालाले पार्टी एक नभएसम्म दुवै तर्फका महाधिवेशनमा सहभागी नहुने बताएका छन् । तर, उनी निकट नेताहरू केही संस्थापनको महाहाधिवेशनमा सहभागी भएका थिए । केही भने देउवा समूहको महाधिवेशनमा सहभागी हुने तयारीमा छन् ।
डा। कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले केही नेता कार्यकर्ता स्ववीवेकले देउवा समूहको महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij