Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

मोरङ–६ कांग्रेस अधिवेशनस्थलमा झडप, नेतासहित कार्यकर्ता घाइते

मोरङ–६ कांग्रेस अधिवेशनस्थलमा झडप, नेतासहित कार्यकर्ता घाइते


  • 498
    Shares

    मोरङ–६ कांग्रेस अधिवेशनस्थलमा झडप, नेतासहित कार्यकर्ता घाइते
    images

    काठमाडौं ।  नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार सुन्दरहरैँचामा झडप र तोडफोड भएको छ। क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद बढेपछि अधिवेशन सुरु हुनुअघि नै हातपात भएको हो।

    अधिवेशनमा बुधबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो। तर, कार्यक्रम सुरु हुनुअघि नै विवाद उग्र बनेपछि तोडफोड र कुटपिट भएको र अधिवेशन प्रक्रिया प्रभावित भएको जनाइएको छ।

    घटनामा कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्। उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात भएको जनाइएको छ।

    घटनाको मुख्य कारण क्रियाशील सदस्यताको विवाद रहेको नेताहरूले बताएका छन्। यसअघि पनि सदस्यता सम्बन्धी विवादकै कारण मोरङ–६ का केही वडामा अधिवेशन निर्धारित समयमा हुन सकेको थिएन।

    क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेका देवराज तामाङले आफू निकट कार्यकर्ताले अधिवेशन बिथोलेको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार क्रियाशील सदस्यतासम्बन्धी विवादमा असन्तुष्ट वडाका प्रतिनिधिबीच विवाद भएको हो।

    मोरङ–६ कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। कोइराला यसपटकको कांग्रेस महाधिवेशन प्रक्रियामा तटस्थ रहेको बताइएको छ। यस क्षेत्रमा अधिवेशन व्यवस्थापनको जिम्मेवारी पूर्वसांसद चुमनारायण तबदारलाई दिइएको थियो।

    घटनापछि विवाद समाधान र अवस्था सामान्य बनाउन कांग्रेस नेताहरूले पहल गरिरहेका छन्। कांग्रेस नेता रमेशजंग रायमाझीले घटनाबारे छलफल गरी समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्।

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १५:३९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij