Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

ओलीले प्रदेश र जिल्ला नेताहरूलाई दिए चुनाव केन्द्रित निर्देशन

ओलीले प्रदेश र जिल्ला नेताहरूलाई दिए चुनाव केन्द्रित निर्देशन


  • 309
    Shares

    ओलीले प्रदेश र जिल्ला नेताहरूलाई दिए चुनाव केन्द्रित निर्देशन
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गरेका छन् । 

    अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलबाट सम्बोधन गर्दै प्रदेश तथा जिल्ला स्तरीय नेताहरूलाई हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन जोड दिएका छन् । 

    सम्बोधनका क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै पार्टी गतिविधि अघि बढाउन आवश्यक रहेको बताएका छन् । 

    मङ्गलवार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरुलाई भर्चुअल सम्बोधन गरेका अध्यक्ष ओलीले त्यसलाई निरन्तरता दिँदै आज अन्य प्रदेशका नेताहरूलाई सम्बोधन गरेका हुन् । 

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १४:४९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij