Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

‘आ बाट आमा २’ टिम छायाङ्कनका लागि हङकङ पुगे

‘आ बाट आमा २’ टिम छायाङ्कनका लागि हङकङ पुगे


  • 554
    Shares

    ‘आ बाट आमा २’ टिम छायाङ्कनका लागि हङकङ पुगे
    images

    काठमाडौं । असोज ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’को निर्माण टिम हङकङ पुगेको छ । चलचित्रको केही महत्त्वपूर्ण दृश्यहरूको छायाङ्कन गर्न अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिश्ता गुरुङसहितको टोली हङकङ पुगेको हो ।

    हङकङमा हुने सम्पूर्ण छायाङ्कन व्यवस्थापन तथा लाइन प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ। हङकङका विभिन्न रमणीय तथा व्यस्त स्थानहरूमा फिल्मका मुख्य दृश्यहरू खिचिने निर्माण पक्षले जनाएको छ।

    फिल्ममा पल शाह र रिश्ता गुरुङका साथमा बिपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ।

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १३:२४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij