२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज २० गतेदेखि देशभर पालिका केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि पार्टीका सांसद र केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिका पुग्ने भएका छन्।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया नागरिकलाई जानकारी गराउनु र पार्टीका गतिविधिबारे जनतालाई बुझाउनु हो।
अभियानमार्फत स्थानीय तहमा सक्षम नेतृत्व छनोटको विधि, आगामी निर्वाचनका तयारी तथा उम्मेदवार छनोटका लागि पार्टीले अघि सारेको ‘क्यान्डिडेट क्लब लिडरसिप एकेडेमी’ र लोकतान्त्रिक प्रक्रियाबारे जानकारी गराइनेछ।
त्यस्तै, वर्तमान सरकार गठनपछि संसद् र सरकारमार्फत भएका नीतिगत पहल, कार्यान्वयनको अवस्था तथा आगामी योजनाबारे पनि नागरिकलाई जानकारी गराउने रास्वपाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij