Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले असोज १५ मा शपथ लिने

एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले असोज १५ मा शपथ लिने


  • 260
    Shares

    एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले असोज १५ मा शपथ लिने
    images

    काठमाडौं । नेकपा एमालेका ३३ जना मनोनीत केन्द्रीय सदस्यले असोज १५ गते बिहीबार शपथ ग्रहण गर्ने भएका छन्। एमाले केन्द्रीय कमिटीको असोज पहिलो साता सम्पन्न बैठकले विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।

    एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार शपथ ग्रहण कार्यक्रम असोज १५ गते दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा हुनेछ।

    मनोनीत केन्द्रीय सदस्यमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ र विमला घिमिरे छन्। त्यस्तै शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला पनि मनोनीत भएका छन्।

    अन्य पार्टीबाट एमालेमा समायोजन भएका मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अंसारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

    सोही बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १२:०५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij