Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

९ अंक घट्यो शेयर बजार, १९९ कम्पनीको शेयर मूल्य घट्यो

९ अंक घट्यो शेयर बजार, १९९ कम्पनीको शेयर मूल्य घट्यो


  • 813
    Shares

    ९ अंक घट्यो शेयर बजार, १९९ कम्पनीको शेयर मूल्य घट्यो
    images

    काठमाडौं ।  साताको दोस्रो कारोबारको दिन मंगलबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ । 

    आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ ।

    समूहगत रुपमा हेर्दा व्यापार सबैभन्दा धेरै १.८७ प्रतिशत घटेको छ । बैंकिङ ०.१३, विकास बैंक ०.४५, फाइनान्स ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५०, माइक्रोफाइनान्स ०.५५ प्रतिशत घटेको छ । निर्जीवन बीमा ०.११ र अन्य समूह ०.१२ प्रतिशत बढेको छ ।

    आज सयपत्रि हाइड्रोपावरको मूल्य ६.७९, सर्वोत्तम पेन्ट्सको ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ३.४६, मेन्छियाम हाइड्रोपावरको ३.४० प्रतिशत मूल्य बढेको छ । धौलागिरि लघुवित्तको मूल्य ४.२३, एपोलो हाइड्रोपावरको ४.१४, शिखर पावरको ४.०८, मान्डु हाइड्रोपावरको ३.७२, कालिन्चोक दर्शनको ३.०१ प्रतिशत मूल्य घटेको छ ।

     आज सबैभन्दा धेरै हिमालयन डिरष्टलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १७ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १५:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij