२०८३ कार्तिक २८ गते शनिवार
भारतको उत्तरपूर्वी राज्य आसामको काजीरंगा राष्ट्रिय निकुञ्जनजिकै शुक्रबार मिनीबस र कन्टेनर ट्रक आपसमा ठक्कर खाँदा २४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दुर्घटनास्थलको स्थलगत अवलोकन गरेका आसाम सरकारका मन्त्री अतुल बोराका अनुसार एउटा गाडीको तीव्र गतिका कारण दुर्घटना भएको हो। यद्यपि दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र थाहा हुनेछ।
दुर्घटनामा परेकामध्ये धेरैजसो कलेजका विद्यार्थी थिए, जो आफ्नो कक्षा सकेर घर फर्किरहेका थिए। एक वरिष्ठ अधिकारीले राष्ट्रिय राजमार्ग ७१५ मा कोहोरा रेन्जको हातिकुली चिया बगाननजिकै रोङ्गाझानमा दुर्घटना भएको बताए।
दुर्घटनापछि आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो पहिलो प्राथमिकता घाइतेहरूलाई ढिलाइ नगरी उत्तम सम्भव उपचार सुनिश्चित गर्नु हो।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij