Logo

२०८३ कार्तिक २८ गते शनिवार

२०८३ कार्तिक २८ गते शनिवार

जिपको पछाडि स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु

जिपको पछाडि स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु


  • 820
    Shares

    • images
    जिपको पछाडि स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका –०५ जिरो नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

    प्रहरीका अनुसार शुक्रबार दिउँसो १४स्५० बजेको समयमा लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो।

    उक्त दुर्घटनामा स्कुटरमा सवार तत्काल नामथर र वतन नखुलेका अन्दाजी २५ वर्षीय र अर्का नामथर र वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष दुवै जना गम्भीर घाइते भएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ।

    दुवै सवारीसाधन र बोलेरो चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १७:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij