Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

११ अंक बढ्यो शेयर बजार, कारोबार रकम ५ अर्ब ४४ करोड

११ अंक बढ्यो शेयर बजार, कारोबार रकम ५ अर्ब ४४ करोड


  • 456
    Shares

    ११ अंक बढ्यो शेयर बजार, कारोबार रकम ५ अर्ब ४४ करोड
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । 

    आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । 

    निर्जीवन बीमा समूहबाहेक सबै समूहगत सूचक बढेको छ । निर्जीवन बीमा ०.३३ प्रतिशत घटेको छ । बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.६१, अन्य ०.०४ र व्यापार ०.९७ प्रतिशत बढेको छ ।

    आज नेपाल ल्युब आयलको १२.४७, सोनापुर मिनरल्सको ७.६५, घोराही सिमेन्टको ७.०७, सीवाईसी लघुवित्तको ६.४७, उन्नति सहकार्य लघुवित्तको ४.६७, पाल्पा सिमेन्टको ३.६०, त्रिशूली जलविद्युतको ३.०४ प्रतिशत मूल्य बढेको छ।

    मिड सोलु हाइड्रोपावरको ११.५८, धौलागिरि लघुवित्तको मूल्य १०.९८, हाथवे इन्भेस्टमेन्टको ३.४३ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको २४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १५:२३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij