२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ ।
आइतबार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याउँदै गरेको मोबाइल सामग्री नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यूपी ५५ एएन ०८३० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै गरेको १ हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान कर्भ्ड ग्लास विथ ग्लु, ४३ थान आईफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आईफोन ब्याक प्यानल, ६ थान एन्ड्रोइड ब्याक प्यानल र १०३ थान एन्ड्रोइड ब्याट्री बरामद गरिएको हो ।
बरामद सामग्रीको अनुमानित मूल्य ६ लाख ६२ हजार ६७० रुपैयाँ रहेको छ । सामान ओसार्न प्रयोग गरिएको मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।
प्रहरीले मोटरसाइकलसहित बरामद सामग्रीको कुल मूल्य ७ लाख १२ हजार ६७० रुपैयाँ रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij