२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधवार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ ।
आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड माथिको शेयर कारोबार भएको छ ।
जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१ प्रतिशत घटेको छ । निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार १.२६ प्रतिशत घटेको छ ।
आज जम्मा २३ कम्पनीको मूल्य बढ्दा २५३ को घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो । धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै सीवाईसी लघुवित्तको ५.४४, विकास हाइड्रोपावरको ३.५४, बोटलर्स नेपाल बालाजुको ३, मिडसोलु हाइड्रोपावरको २.६४ प्रतिशत मूल्य बढेको छ ।
फर्स्ट माइक्रोफाइनान्सको ८.५४, माउन्ट एभरेस्ट पावरको ५.७२, इङवा हाइड्रोपावरको ५.२२, पियोर इनर्जीको ४.७९ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २१ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij