२०८३ कार्तिक २१ गते शनिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले दानबहादुर कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन् ।
आन्दोलनको तयारीका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो अभियान सकिएपछि त्यसको समीक्षा गरेर मात्रै अगाडिको योजना बनाइने उल्लेख गरे । उनले एमालेसँग मात्रै नभई कांग्रेस र संविधान शान्तिप्रतिको निम्ति सहभागी सबैलाई एक ठाउँमा जोडेर अघि बढ्ने बताए ।
वर्तमान सरकारको काम कारबाहीका प्रश्नमा उनले सरकार झिलिमिलीमा रमाएको टिप्पणी गरे । सरकारले ल्याएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेश बारेमा उनले यसलाई सुधार गरेर मात्रै अघि बढाउनुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij