२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ०६ अंकले बढेर २,६५४ को विन्दुमा कायम भएको छ ।
आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ ।
आज अन्य समूहमा आकर्षण देखिएको छ । यो समूह सूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढेको छ।
फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२, व्यापार ०.९३ प्रतिशत घटेको छ । आज १३७ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ । ११ कम्पनीको स्थिर रह्यो ।
मिडसोलु हाइड्रोपावरको मूल्य १५, फर्स्ट माइक्रोफाइनान्सको ७.७५, मैलुङखोला जलविद्युतको मूल्य ५.६३, मान्डु हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य बढेको छ ।
आज सबेभन्दा धेरै हाथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij