२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहका निर्वाचनका उम्मेदवारका आकाङ्क्षीलाई ७ बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले आन्तरिक लोकतन्त्रको विश्वसनीयता विधिको पालना, निष्पक्ष प्रक्रिया र संस्थागत जवाफदेहिताबाट स्थापित हुने भन्दै निर्देशन जारी गरेका हुन् ।
आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या वा पद र शक्तिको दुरुपयाेग गरी निर्वाचन प्रभावित गर्ने कार्य निषेधित रहेको उल्लेख छ । आचारसंहिता तथा निर्देशनविपरीत सामाजिक सञ्जाल वा अन्य माध्यममा सामग्री प्रकाशित वा साझा गर्न नगर्न निर्देशन दिएको छ ।
निर्देशनमा भनिएको छ, ‘पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लङ्घन गने जोसुकैलाई उल्लङ्घनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्छ ।’
आचारसंहिता तथा आधिकारिक निर्देशनविपरीत प्रकाशित वा साझा गरिएको सामग्री तत्काल हटाउन निर्देशित दिएको छ।
निर्देशनमा भनिएको छ, ‘निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा सङ्गठनात्मक प्रक्रियासँग सम्बन्धित पार्टीका आन्तरिक दस्ताबेज, निर्णय, छलफल, प्रचार, अभिलेख तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नुपर्छ । आधिकारिक स्वीकृतिबिना यस्ता सूचना वा विवरण सार्वजनिक गने, अनधिकृत व्यक्ति वा निकायसँग साझा गने वा दुरुपयोग गने कार्य निषेधित छ ।’
पार्टीभित्रको लोकतन्त्र र संस्थागत मर्यादा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै पद, पहुँच वा प्रभावका आधारमा कसैले पनि विधिभन्दा माथि रहने छुट नपाउने उल्लेख छ ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij