Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

फिल्म कबड्डी–५ को टिजर सार्वजनिक

फिल्म कबड्डी–५ को टिजर सार्वजनिक


  • 435
    Shares

    फिल्म कबड्डी–५ को टिजर सार्वजनिक
    images

    काठमाडौं । फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार बिके (विजय बराल)को एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

    यस्तै, काजी (दयाहाङ राई) र मैयाको इन्ट्री पनि आकर्षक शैलीमा देखाइएको छ । फिल्ममा मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छन् ।

    त्यसपछि अभिनेता विपिन कार्कीको इन्ट्रीले टिजरलाई थप रोचक बनाएको छ । उनको संवाद बोल्ने शैलीले दर्शकको ध्यान खिच्ने देखिन्छ । अन्तिममा रिश्मा गुरुङको इन्ट्रीसँगै टिजर टुंगिएको छ । टिजर हेर्दा चौथो शृङ्खलामा जहाँ सकिएको थियो फिल्ममा त्यहीबाट नयाँ कथाको सुरुवात गरिएजस्तो देखिन्छ । निर्देशक गुरुङले फिल्मको मामा अघिल्लो शृङ्खलाकै कथालाई निरन्तरता दिइएको बताए ।

    बडा दसैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंको अभिनय छ।   

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - ११:०४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij