२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ ।
आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता भएको हो ।
उनले हिजो वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij