Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

युक्रेनका लागि पूर्वअवैतनिक वाणिज्यदूत वैद्य पक्राउ

युक्रेनका लागि पूर्वअवैतनिक वाणिज्यदूत वैद्य पक्राउ


  • 386
    Shares

    युक्रेनका लागि पूर्वअवैतनिक वाणिज्यदूत वैद्य पक्राउ
    images

    युक्रेनका लागि पूर्वअवैतनिक वाणिज्यदूत किरण वैद्य पक्राउ परेका छन्। 

    हदबन्दीभन्दा बढी रहेको जग्गा बिक्री गर्ने भन्दै बैना बापत पाँच करोड ४० लाख ९६ हजार ९४० रुपैयाँ ठगी गरेको आरोपमा वैद्यलाई प्रहरीले पक्राउ गरेको हो। 

    भक्तपुरको चाँगुनारायण नगरपालिका-२० स्थित रहेको कित्ता नम्बर २७ लगायतका ४८ कित्ता जग्गा बिक्री-वितरण गर्न हदबन्दीका कारण नमिल्ने भए पनि उनले उक्त रकम लिएर बैना गरेको खुलेको छ।

    जिल्ला प्रहरी परिसर, काठमाडौँले पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले बताए। काठमाडौं महानगरपालिका-३ का बासिन्दा ७० वर्षीय वैद्यलाई नक्सालबाट नियन्त्रणमा लिएको हो।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १९:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij