Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो

त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो


  • 393
    Shares

    त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ।

    कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले आवेदन दिन सक्नेछन्। सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीसमेत दीक्षान्त समारोहमा सहभागी हुन योग्य हुनेछन्।

    योग्य विद्यार्थीले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसपटक विद्यार्थीलाई सहज हुने गरी त्रिविले बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र तोकेको छ।

    विद्यार्थीले अनलाइन फाराम भर्दा आफू सहभागी हुने केन्द्र छनोट गर्नुपर्नेछ। एमफिल, पीएचडी तथा टपर र पदक प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेश केन्द्र तोकिएको छ।

    दीक्षान्त समारोहमा सहभागी हुन स्नातक तहका लागि ३ हजार, स्नातकोत्तर तथा एमफिलका लागि ३ हजार ५ सय र पीएचडीका लागि ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

    त्यस्तै, गाउन–स्कार्फका लागि सबै तहका विद्यार्थीले २ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। यसबाट ५ सय रुपैयाँ मर्मतसम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ।

    विद्यार्थीले बढीमा दुई जना अभिभावक सहभागी गराउन पाउनेछन्। प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँ फिर्ता नहुने शुल्क लाग्नेछ। प्रमाणपत्र राख्ने त्रिविको लोगो अंकित फोल्डर आवश्यक पर्ने विद्यार्थीले थप ५ सय रुपैयाँ बुझाउनुपर्नेछ।

    सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङबाट मात्र दाखिला गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    t2.webp

    t1.webp

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १७:२५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij