२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउने तयारी गरेको छ ।
संविधान दिवसको तयारीका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा महासचिव शङ्कर पोखरेलले बोलाएको बैठकले नेपालको संविधान २०७२ को रक्षा र कार्यान्वयनको सन्देशसहित विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले असोज ३ गते पार्टी केन्द्रीय कार्यालय, च्यासलमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
संविधान दिवसका अवसरमा देशभर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई स्थानीय विशेषता र आवश्यकताअनुसार प्रभावकारी तथा रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, विद्यार्थी सङ्गठन, ट्रेड युनियनलगायत पार्टी सम्बद्ध जनसङ्गठनहरूले पनि आफ्ना मौलिक नारासहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij